Like us!
Follow us!
Connect us!
Watch us!

यो सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ - गगन थापा

अर्थ संसार

आइतबार, २१ असार २०८३, १५ : ३९ मा प्रकाशित

यो सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ  - गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान गर्नुभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमसम्बन्धी समीक्षा बैठकमा बोल्दै उनले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा मात्र सीमित रहेको टिप्पणी गरे। भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भए पनि सरकारले कुनै वैकल्पिक व्यवस्थापन नगरी टोल-टोलमा डोजर आतंक मच्चाएको भन्दै उनले आलोचना गरेका छन्।

उनले भने, ‘यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ । सरकारलाई वास्तविक जीवनको सवालभन्दा पनि लोकप्रियताको चिन्ता रहेको पाउँछौँ । यसलाई उदाहरणबाट पनि बुझ्न सकिन्छ । नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या हो । लामो समयदेखि छ । संविधान निर्माणको समयमा म स्वयं सदस्य समेत रहेको र समितिको संयोजक नै भएर काम गरेको कारणले गर्दा म त्यो समयमा भएका छलफलहरु याद गर्छु । हामीले जतिखेर दलितको हक लेखेका छौँ । भूमिहीन दलितले प्राप्त गर्ने विशेष अधिकारको बारेमा छुट्टै लेखेका छौँ । अहिले सरकारले व्यवस्थापन गर्ने भनेर उठिबास लगाइदिएको छ, टोल टोलमा डोजर पुर्याएको छ । यो प्रक्रियागत भएन ।’

उनले सरकारले मुलुकका दलित समुदायसँग माफी माग्ने कुरा सकारात्मक रहेको बताएका छन्। साथै, प्रधानमन्त्री बालेन्द्र साहले सिंहदरबारबाट गर्नुपर्ने शासकीय सुधारका कामहरू सिंहदरबारबाटै सञ्चालन गर्ने कुरा हेर्दा सामान्य लागे पनि यो एउटा सकारात्मक सङ्केत भएको उनको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको