Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको वित्तीय समावेशन सूचकांक प्रतिवेदन : बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार

अर्थ संसार

सोमबार, १९ माघ २०८२, ०७ : ४५ मा प्रकाशित

राष्ट्र बैंकको वित्तीय समावेशन सूचकांक प्रतिवेदन : बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार

चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशन सूचकांक ०.५३ मा पुगेको छ, जुन गत वर्ष ०.४७ मा सीमित थियो । सूचकांकका तीनवटै आधारभूत आयाममा सकारात्मक परिवर्तन देखिएको छ । वित्तीय पहुँचतर्फ हेर्दा सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, शाखा, सेवा केन्द्र र डिजिटल वित्तीय माध्यमहरूको दायरा बढ्दै गएको छ ।

त्यसैगरी, वित्तीय सेवा उपयोगसम्बन्धी सूचकांक ०.५४ पुगेको छ । नागरिक तथा घरपरिवारहरूको बैंक खाता सञ्चालन, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा संलग्नता विस्तार भइरहेको कुरा उक्त प्रतिवेदनमा उल्लेख गरेको छ । वित्तीय सेवाको गुणस्तर मापन गर्ने सूचकांक पनि ०.५० मा पुगेको छ ।

 

698005815be16.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको