भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका पखेटा एकापसमा ठोक्किएका छन् । यात्रुवाहक दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।
यो घटना मंगलबार हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान नम्बर ‘एआई २७३२’ बीच भएको हो । इन्डिगोको विमान अवतरणपछि ट्याक्सी–वेमा गुडिरहेको थियो भने एयर इन्डियाको विमान उडान भर्नुअघि ट्याक्सी–वेमा पालो पर्खेर बसिरहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस