Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

अर्थ संसार

बुधबार, २१ माघ २०८२, १४ : ४६ मा प्रकाशित

जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।

आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय गरिएको थियो । त्यसरी सहिद हुनेमा तीन जना प्रहरी समेत थिए । अहिले प्रहरी बाहेक ४२ जनालाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ ।

उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो । तर, अहिले मन्त्रालयको स्वीकृति बिना नै मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा दिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको