Like us!
Follow us!
Connect us!
Watch us!

बौद्धबाट चोरी गरिएको ६५ तोला सुन बरामद

अर्थ संसार

विहीबार, २२ माघ २०८२, १५ : ३४ मा प्रकाशित

बौद्धबाट चोरी गरिएको ६५ तोला सुन बरामद

काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल नजिकै रिन्जी लामाको घरबाट दिनदहाडै चोरी भएको ६५ तोला सुन बरामद गरिएको छ । मंगलबार दिउँसो करिब १ बजेतिर स्थानीय रिन्जी लामाको पाँचतले घरको चौथो तलाबाट उक्त परिमाणको सुन चोरी गर्ने लुटेरालाई प्रहरीले महाकालबाट गोली प्रहार गरी पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बाँके घर भएका ३८ वर्षीय प्रेम चौधरी रहेका छन् । गत माघ २० गते अर्थात मंगलबार दिउँसो काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल निवासी रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएको थियो । प्रारम्भिक अनुसन्धानबाट चौधरीले नै लामाको घरबाट धनमाल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको