रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट करिब ६ वर्षीय एक नाबालकको ज्यान गएको छ । स्थानीयका अनुसार बालकलाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन् ।
ठक्कर दिने गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि गाडी प्रहरीको नियन्त्रणमा लिइएको भए पनि गाडीमा सवार व्यक्ति र चालकको खोजी भइरहेको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस