Like us!
Follow us!
Connect us!
Watch us!

खाना पकाउने ग्यासको अभाव भए सिधै उद्योगमा सम्पर्क गर्न निगमको आग्रह

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, ०७ : १७ मा प्रकाशित

खाना पकाउने ग्यासको अभाव भए सिधै उद्योगमा सम्पर्क गर्न निगमको आग्रह

नेपाल आयल निगमले आगामी निर्वाचनलाई मध्यनजर गर्दै उपभोक्तालाई एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था गरेको छ । निगमले फेब्रुअरी महिनाका लागि साबिकको कोटामा २ हजार मेट्रिक टन थप गरी हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको जानकारी दिएको हो ।

काठमाडौं उपत्यकामा रहेका २३ वटा ग्यास उद्योगहरुले दैनिक करिब ४० हजार सिलिन्डर बजारमा पठाइरहेको भए तापनि पछिल्लो समय माग उच्च भएका कारण केही ब्रान्डको अभाव देखिएको निगमले स्वीकार गरेको छ । बजारमा केही ब्रान्डका ग्यास सहजै उपलब्ध नभएको गुनासो आएपछि निगमले उपभोक्ताको सहजताका लागि नयाँ विकल्प दिएको छ । यदि डिलरमार्फत ग्यास प्राप्त गर्न कठिनाइ भएमा उपभोक्ताले सिधै उद्योग वा बिक्री केन्द्रमा सम्पर्क गरेर ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विशेष गरी नेपाल ग्यास, एभरेष्ट ग्यास, साइबाबा ग्यास र श्री कृष्ण ग्यासको अभाव देखिएका स्थानमा उपभोक्ताले ती उद्योगका आधिकारिक सम्पर्क नम्बरमा फोन गरी ग्यास ल्याउन पाउने छन् । निगमले ग्यासको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी टिपाउन भनेको छ । आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न निगमले अनुरोध गरेको छ।


 

698a8bd131472.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको