Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, ०७ : ३२ मा प्रकाशित

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया  बादल र  बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको