Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

अर्थ संसार

शनिबार, ०२ फागुन २०८२, ०८ : २५ मा प्रकाशित

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीहरु २ जनाको सनाखत भएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको