अर्थ संसार, काठमाडौं– रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिणको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ ।
इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै परीक्षाको मिति जानकारी गराएको हो ।
कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।
भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।
जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदनका दिनका लागि इपिएस कार्यालयले भयभचक।भउकलभउब।िनयख।लउ साइट सञ्चालनमा ल्याउने जनाएको छ ।
परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ ।
भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५/२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस