Like us!
Follow us!
Connect us!
Watch us!

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक - युनिसेफ

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, १७ : १२ मा प्रकाशित

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक - युनिसेफ

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानविय सहयोगको आवश्यकता महसुस गरेको जनाएको छ । यसमध्ये करिब १२ लाख बालबालिका पनि रहेका छन् । प्रतिवेदन अनुसार, लगातारको खडेरी, बाढी, आर्थिक स्थिरताको कमी र बढ्दो बेरोजगारीका कारण मानविय आवश्यकताहरू उल्लेखनीय रूपमा बढेका छन् ।

अत्यधिक मौसमका असरले खाद्य अभाव बढेको छ । युनिसेफले स्वास्थ्य, पोषण, पानी र सरसफाइजस्ता महत्वपूर्ण क्षेत्रमा वित्तीय अभाव रहेको पनि औंल्याएको छ । यसले सेवा वितरणमा असर पु¥याएको छ र आवश्यक जीवनरक्षक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ । प्रतिवेदनले अफगानिस्तानमा मानविय सहायता अझ तीव्र आवश्यक रहेको र तत्काल कदम चालिनुपर्नेमा जोड दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको