Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको चुनाव : हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा

अर्थ संसार

मंगलबार, १२ फागुन २०८२, ०९ : १४ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको चुनाव : हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको चैत २८–२९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो प्यानल सहितको उम्मेदवारी घोषणा गरेका छन् । हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले सोमबार वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ । केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला निर्वाचित भए महिला उपाध्यक्ष पनि चयन गर्ने विधानको प्रावधान छ ।

ज्योत्सना श्रेष्ठ हाल पनि एसोसिएट उपाध्यक्ष छिन् । उमेश डालमिया हाल ब्यापार मेला समिति संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन् । नरेश लाल श्रेष्ठ हाल निर्यात प्रवर्दन समिति संयोजक हुन् हुने कमला श्रेष्ठ महिला उद्यमी विकास समिति संयोजक हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको