जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली)पर्व सुरक्षित र मर्यादित रूपमा मनाउन सबैमा आग्रह गरेको छ। फागु पूर्णिमाको अवसरमा जारी सूचनामार्फत कार्यालयले सामाजिक सद्भाव कायम राख्दै कानूनअनुसार पर्व मनाउन अनुरोध गरेको हो।
सूचनामा सार्वजनिक स्थानमा अनावश्यक भीडभाड, होहल्ला तथा उच्छृङ्खल गतिविधि नगर्न, मदिरा तथा लागूऔषध सेवन गरी अशान्ति फैलाउने कार्यबाट टाढा रहन आग्रह गरिएको छ। कसैको इच्छाविपरीत रंग दल्ने, पानी वा लोला हान्ने तथा जबर्जस्ती गर्ने जस्ता गतिविधि नगर्न पनि प्रशासनले चेतावनी दिएको छ।
साथै, आसन्न निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहिताविपरीत दल वा उम्मेदवारको चुनाव चिन्ह अंकित लुगा, टोपी वा अन्य सामग्री प्रयोग नगर्न सूचनामा उल्लेख गरिएको छ।प्रशासनले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमा असर नपर्ने गरी सभ्य र व्यवस्थित रूपमा होली मनाउन आग्रह गर्दै उल्लंघन भए प्रचलित कानूनअनुसार कारबाही गरिने जनाएको छ। खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मादक पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस