Like us!
Follow us!
Connect us!
Watch us!

अत्यावश्यक काम नपरी बाहिर ननिस्कन सर्वसाधारणलाई सुनसरी प्रशासनको आग्रह

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, ११ : ३५ मा प्रकाशित

अत्यावश्यक काम नपरी बाहिर ननिस्कन सर्वसाधारणलाई सुनसरी प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय सुनसरीले निरन्तर भइरहेको वर्षाका कारण सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै कार्तिक १५ गतेसम्म जिल्लाभरि वर्षा जारी रहने सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

कार्यालयका अनुसार अविरल वर्षाले बाढी, डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक कारण बाहेक घरबाट बाहिर ननिस्कन र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ। साथै, डुबानको सम्भावना रहेका बस्तीका बासिन्दा र नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न समेत प्रशासनले आग्रह गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको