Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरको गोदावरीमा चितुवाको आक्रमणबाट एक जना घाइत

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, ११ : ५७ मा प्रकाशित

ललितपुरको गोदावरीमा चितुवाको आक्रमणबाट एक जना घाइत

ललितपुरमा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् । गएराति साढे ८ बजे ललितपुरको गोदावरी नगरपाललिका– ५ सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा सोलुखुम्बु घर भएका ६१ वर्षीय रण बहादुर गर्तौला घाइते भएका हुन् ।

उनी कामबाट घर फर्कने क्रममा गोरेटो बाटोमा एक्कासी चितुवाले उनलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरको मातहत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटेर  घाइतेलाई उद्धार गरी आफन्त समेतको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ । मृत चितुवाको लागि जिल्ला वन कार्यालयसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको