Like us!
Follow us!
Connect us!
Watch us!

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

अर्थ संसार

शनिबार, १६ फागुन २०८२, २० : ०२ मा प्रकाशित

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।

इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको