Like us!
Follow us!
Connect us!
Watch us!

सुर्खेत बिमानस्थमा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

अर्थ संसार

बुधबार, २० फागुन २०८२, २० : ३७ मा प्रकाशित

सुर्खेत बिमानस्थमा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ। काठमाडौंबाट सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको ९एन–एओएल दर्ता नम्बरको जहाजको टायर पड्किएको हो।

उक्त जहाज काठमाडौंबाट दिउँसो १ः५२ बजे सुर्खेत पुगेको थियो। जहाजमा चालक दलसहित ५० यात्रु सवार रहेका थिए। टायर पड्किए पनि सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ।

टायर पड्किएपछि सोही जहाजमार्फत सञ्चालन हुने सुर्खेत–काठमाडौं उडान रद्द गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको