Like us!
Follow us!
Connect us!
Watch us!

जनताले विश्वास गरेर जित्छौं- कुलमान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०७ : ४२ मा प्रकाशित

जनताले विश्वास गरेर जित्छौं- कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् । मतदान गरेपछि छोटो प्रतिक्रिया दिंदै उनले भने, ‘जनताले विश्वास गरेर हामीले जित्छौं ।’

उनले अहिलेसम्म निर्वाचनको अवस्था शान्तिपूर्ण नै रहेको प्रतिक्रिया दिएका छन् । तर, केही कतै पैसा बाँडेको भन्ने सुनेको र त्यो आफ्नै क्षेत्रमा पनि सुनिएको उनले बताए ।

पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी खोलेर उम्मेदवार बनेका घिसिङले आज बिहान ७ बजे नै बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको