Like us!
Follow us!
Connect us!
Watch us!

'बुलेट'बाट आएकोको माओवादीलाई स्वागत गरेझैं 'ब्यालेट'बाट आएको रास्वपालाई पनि स्वागत गर्छौ - विश्वप्रकाश शर्मा

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १० : ३३ मा प्रकाशित

'बुलेट'बाट आएकोको माओवादीलाई स्वागत गरेझैं 'ब्यालेट'बाट आएको रास्वपालाई पनि स्वागत गर्छौ - विश्वप्रकाश शर्मा

प्रतिनिधि सभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता लिने क्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिंदै शर्माले लोकतान्त्रिक व्यवस्थामा मतदाताको निर्णय नै अन्तिम हुने भएकाले त्यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

उनले विगतमा ‘बुलेट’ बाट उदाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई पनि स्वागत गरिएको स्मरण गराउँदै अहिले ‘ब्यालेट’ बाट उदाउँदै गरेको रास्वपालाई पनि स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन् । 'मतदाताको फैसला स्वीकार्य छ,' उनले लेखेका छन्, 'बुलेटबाट उदाएको माओवादीलाई स्वागत गरिएको संयमलाई दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत ।'

साथै उनले २०७९ को प्रतिनिधि सभा निर्वाचन मै रास्वपाले पाएको सफलताले अहिले देखिएको परिणाम अस्वाभाविक नभएको संकेत दिएको बताएका छन्। उनका अनुसार देशका मूल मुद्दाहरूमा सहयोग र खबरदारी दुवै जारी रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको