नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ सालयता भएका सबै निर्वाचन जित्दै आएको थियो। त्यसै कारण भक्तपुर १ लाई नेमकिपाको गढ मानिन्थ्यो।
तर, यसपटक भएको प्रतिनिधि सभाको चुनावमा नेमकिपाको गढमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले पछि पारेका छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मतगणना विवरण अनुसार रास्वपाका रञ्जितले ४ हजार ४११ मत ल्याएर अग्रता लिँदा नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत पाएका छन्। रञ्जित र सुवालबीच १६५६ मत मतान्तर देखिन्छ। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस