Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १२ : २७ मा प्रकाशित

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । 

यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । 

राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँदा । योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत खसेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको