कालिकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार शाहीले ११ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३ सय ५२ मत प्राप्त गरेका छन्।
त्यसै गरी नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार ९ सय ३३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार १ सय ३७ मत तथा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५ सय ९७ मत प्राप्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस