पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन् । पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस