ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणालाई १० हजार मतान्तरले हराउँदै महर्जन विजयी भएका हुन्।
महर्जनले २३ हजार ३७३ मत पाइ विजयी हुँदा राणाले १३ हजार ५२० मत पाएका छन्। यहाँ नेकपा एमालेका चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाए। महर्जन अघिल्लो चुनावमा रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि एमालेसँग पराजित भएका थिए। गत चुनावमा यही क्षेत्रबाट कांग्रेसका राणा निर्वाचित भएका थिए।
उनी २०७० मा पनि निर्वाचित भएका थिए। तर, २०७४ मा भने एमालेका नवराज सिलवालले राणालाई हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस