Like us!
Follow us!
Connect us!
Watch us!

झापा-५ मा बालेनको अग्रता: ओलीसँगको मतान्तर ३१ हजार नाघ्यो

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १२ : ३६ मा प्रकाशित

झापा-५ मा बालेनको अग्रता: ओलीसँगको मतान्तर ३१ हजार नाघ्यो

यस पटकको आम निर्वाचनमा सबैभन्दा बढी चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।

काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर 'हेभीवेट' मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका बालेनले पछिल्लो मत परिणाम अनुसार ४२ हजार ५४३ मत प्राप्त गरेका छन्। ओली भने बालेनभन्दा ३१ हजार १ सय १६ मतले पछि परेका छन्।

झापा-५ को पछिल्लो अपडेट अनुसार बालेन शाहको लोभलाग्दो अग्रता कायमै छ:

बालेन शाह (रास्वपा): ४२,५४३ मत

केपी शर्मा ओली (नेकपा एमाले): ११,४२७ मत

समीर तामाङ (श्रम संस्कृति पार्टी): ७,१०७ मत

मन्धरा चिमरिया (काँग्रेस ): १,२०२ मत

रञ्जित तामाङ (नेकपा): ९११ मत

एमाले अध्यक्ष ओलीको गढ मानिने झापा-५ मा बालेनले सुरुवाती गणनादेखि नै लिएको यो अग्रतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। काठमाडौँमा स्वतन्त्र रूपमा काम गरेर लोकप्रिय बनेका बालेनलाइ यस पटक रासपाले 'प्रधानमन्त्रीको उम्मेदवार'को रूपमा अघि सारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको