Like us!
Follow us!
Connect us!
Watch us!

सोविता गौतम विजयी, रेनु दाहाल ३८ हजार भोटले पराजित

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १४ : ३७ मा प्रकाशित

सोविता गौतम विजयी, रेनु दाहाल ३८ हजार भोटले पराजित

चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ विजेता भएकी छन् । एक लाख ३ मत खसेको चितवन-३ मा गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी हुन् ।

नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले जमानत जोगाउन सकेनन् ।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् । गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका उम्मेदवार दिपक थापा मगरले १ हजार २ सय २६ मत मात्रै ल्याएका चितवन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको