रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस