Like us!
Follow us!
Connect us!
Watch us!

दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १८ : ५३ मा प्रकाशित

दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्। पोखरेलले १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पाल शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गरे।

पोखरेल ४ हजार ३ सय ३७ मतान्तरले विजयी भएका हुन्। यससँगै कर्णाली प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले ३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको