Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीमा निल हुनबाट जाेगियाे रास्वपा, सुर्खेत-२ मा सापकोटा विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १८ : ५५ मा प्रकाशित

कर्णालीमा निल हुनबाट जाेगियाे  रास्वपा, सुर्खेत-२ मा सापकोटा विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन्।

सापकोटाले २६ हजार ९०५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले १५ हजार २७३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा तेस्रो स्थानमा रहेका छन्। देवकोटाले ११ हजार ५११ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले ४ हजार १ सय ६६ मत प्राप्त गरेका छन्।

साथै, श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ४७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरीले १ हजार १८९, उज्यालो नेपाल पार्टीका गम्भीर सिंह भुलले १६४, नेपाल मजदुर किसान पार्टीका तुल्छी खड्काले १५३ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का धर्मराज देवकोटाले १३४ मत प्राप्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको