बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरेका छन् । बुढाथोकीले १४ हजार २२३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत पाएका छन् ।
नेकपाका उम्मेदवार सन्तोष दंगालले २ हजार ८७८ मत पाए भने जसपाका रामबाबु यादबले २ हजार ५३० मत पाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस