Like us!
Follow us!
Connect us!
Watch us!

सर्लाही ४ मा अमरेशको ह्याट्रिक, गगनको हार

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ०६ : १९ मा प्रकाशित

सर्लाही ४ मा अमरेशको ह्याट्रिक, गगनको हार

सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका सभापति थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक   पूरा गरेका छन् भने गगन थापाको पहिलो हार भएको छ । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक  पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाको पहिलो हार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको