पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत ल्याउने निश्चित भइसक्दा एमालेको बाँकी अग्रता पनि जोगिने सम्भावना कम छ । तर त्यही पार्टीका नेता राजेन्द्र राईले धनकुटाबाट जितमा ह्याट्रिक गरेका छन् । राईले आफ्नो जितलाई स्वभाविक मानेका छन् ।
उनी २०७९ सालको निर्वाचन जितेपछि दुईपटक मन्त्री समेत भए । २०७९ माघमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका राई एक वर्षपछि खानेपानी मन्त्री बने । तर राजनीतिक अस्थिरताका कारण दुवैपटक उनी लामो समय मन्त्री बन्न पाएनन् । उनी धनकुटामा १८ हजार १३२ मत सहित विजयी भए । कांग्रेसका दिनेश राइले १४ हजार २७५ मत पाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस