Like us!
Follow us!
Connect us!
Watch us!

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ०६ : ५४ मा प्रकाशित

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार नेम्बाङ विजयी भएका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गरे। प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गरेका थिए ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित हुनुभएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको