Like us!
Follow us!
Connect us!
Watch us!

धनुषा–४ मा रास्वपाका महतो विजयी, एमालेका रघुवीर महासेठ तेस्रो

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ०७ : ०० मा प्रकाशित

धनुषा–४ मा रास्वपाका महतो विजयी, एमालेका रघुवीर महासेठ तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी भएका छन् । रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेका रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरे । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको