Like us!
Follow us!
Connect us!
Watch us!

रौतहट–२ मा कांग्रेसका डा.आलम निर्वाचित

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ०७ : ५७ मा प्रकाशित

रौतहट–२ मा कांग्रेसका डा.आलम निर्वाचित

रौतहट २ मा नेपाली कांग्रेसका डा.मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे । सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको