प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत हुम्ला निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन्। रोकायाले ८ हजार ७९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हान्जोमले १ हजार ६४ मत प्राप्त गर्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८ मत ल्याएका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादीका कुम्भ बुढाले १२८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस