Like us!
Follow us!
Connect us!
Watch us!

२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, १० : ४५ मा प्रकाशित

२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता

२८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।

गत बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता रहेको छ । विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो । यो पटक स्पष्ट एकल बहुमतको रुपमा अगाडि आएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट यसपटक निकै खुम्चिएका छन् ।

रास्वपा बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा होमिएको थियो । बालेन काठमाडौं महानगरमा निवर्तमान मेयर हुन् । २०७९ सालका स्वतन्त्र उठेर काठमाडौंको मेयरको चुनाव जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका हुन् ।

उनै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले एकल सरकार बनाउने गरी बहुमत पाएको हो । बालेन आफैँ झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उक्त क्षेत्र विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो ।

२०४८ सालदेखि झापामा सदाबहार उम्मेदवारको रूपमा रहेका ओलीलाई रोकेर बालेन झापा–५ बाटै निर्वाचित भएका छन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको