Like us!
Follow us!
Connect us!
Watch us!

बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी, पूर्व मन्त्री दामोदर भण्डारी तेस्रो

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ११ : ११ मा प्रकाशित

बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी, पूर्व मन्त्री दामोदर भण्डारी तेस्रो

बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका छन् ।  उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसकानेता एवम् नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द १८ हजार १९४ मतसहित दोस्रो स्थानमा रहेका छन्। उनी संसदीय चुनावमा पहिलो पटक होमिएका हुन् ।

नेकपा एमालेका उम्मेदवार तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १७ हजार ०९१ मतसहित तेस्रो स्थानमा छन् । ह्याट्रिक गर्ने उदेश्यसहति मैदानमा उत्रिएका भण्डारीले यसपटक नमिठो हार व्यहोरेका छन् । भण्डारी २०७९ मा ३३ हजार ६११ मतसहित निर्वाचित भएका थिए भने २०७९ मा ३३ हजार ६११ मतसहित विजयी भए थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको