गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन् ।
शाहीले ७ हजार ९१४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे ।
नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, नेकपा माओवादीका रंगविर परियारले २८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन कुमार मल्लले २२ मत प्राप्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस