Like us!
Follow us!
Connect us!
Watch us!

फागुन २७ सम्म प्रत्यक्ष र समानुपातिकको सबै मतगणना सकिन्छ- निर्वाचन आयोग

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, २१ : २५ मा प्रकाशित

फागुन २७ सम्म प्रत्यक्ष र समानुपातिकको सबै मतगणना सकिन्छ- निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगका अनुसार फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ। आयोगका अनुसार हाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५५ क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० क्षेत्रको मतगणना जारी रहेको छ। मतगणना भइरहेको क्षेत्रको परिणाम भोलि दिउँसोसम्म घोषणा हुने अपेक्षा गरिएको आयोगले जनाएको छ।

त्यस्तै समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ५० लाख मत अर्थात् करिब ४६ प्रतिशत मतगणना सम्पन्न भएको छ। आयोगले पर्सि फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना सम्पन्न हुने अपेक्षा गरेको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले दलवार सांसदको संख्या निर्धारण गर्नेछ। त्यसपछि आयोगले दलहरूलाई समानुपातिक प्रणालीअनुसार निर्वाचित हुने सांसदहरूको नाम सिफारिस गर्न पत्राचार गर्ने जनाएको छ।

राजनीतिक दलहरूले बुझाएको बन्दसूचीभित्रबाट समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरेपछि आयोगले त्यसको रुजु गर्नेछ। क्लस्टर मिलेको सुनिश्चित भएपछि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम अन्तिम रूपमा निर्धारण गरी प्रमाणपत्र उपलब्ध गराइनेछ। निर्वाचन आयोगले यी सबै प्रक्रिया सम्पन्न गरी  चैत ५ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया टुंग्याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको