Like us!
Follow us!
Connect us!
Watch us!

इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

अर्थ संसार

सोमबार, २५ फागुन २०८२, १६ : ४८ मा प्रकाशित

इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् ।

राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा अन्तमा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थानमा रोकिए ।

यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ स्थानमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको