Like us!
Follow us!
Connect us!
Watch us!

कारागारबाट रिहा भए दिपक मनाङे

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १६ : ३९ मा प्रकाशित

कारागारबाट रिहा भए दिपक मनाङे

गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दिपक मनाङे) रिहा भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका उनी सजाय पूरा गरेपछि बुधबार जेलमुक्त भएका हुन्।

डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङेले आवश्यक सबै प्रक्रिया पूरा गरेपछि केही समयअघि जेलबाट छुटेका हुन्।

उनीमाथि २०६१ साल वैशाखमा चक्रे मिलन माथि महाराजगञ्ज मा खुकुरी प्रहार गरेको अभियोग लागेको थियो। उक्त घटनामा अदालतले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। बाँकी रहेको सजाय भुक्तान गरेपछि उनी जेलमुक्त भएका हुन्।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा मनाङ जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उनले निर्विरोध जित हासिल गरेका थिए। तर, ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा जारी नै थियो। पछि उच्च अदालत पाटन ले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जसविरुद्ध उनले सर्वोच्च अदालत मा पुनरावेदन गरेका थिए। अन्ततः मुद्दामा दोषी ठहर भएपछि उनी सांसद पदमा बस्न अयोग्य भएका थिए। साथै, उनी आगामी ६ वर्षसम्म चुनाव लड्नसमेत अयोग्य ठहरिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको