Like us!
Follow us!
Connect us!
Watch us!

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, २० : २६ मा प्रकाशित

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिव कुमार कटवालले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नाफिजका सदस्यहरुले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउने छन् । समाचार लेख्ने पत्रकारहरुको स्वास्थ रहनु भनेर यो सम्झौता गरिएको नाफिज अध्यक्ष मेनुका कार्कीले बताइन् । नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाइएको अध्यक्ष कार्कीले बताइन ।

यो सम्झौता अनुसार एक वर्षसम्मको अवधिमा नाफिजका सदस्यहरुले यो सुविधा पाउने छन् । सम्झौताका अबसरमा अस्पतालका अध्यक्ष कटवालले किड्नीको समस्या ७० प्रतिशत सम्म बिग्रेपछि मात्रै जानकारी हुने भएकाले पहिले नै सबैले सचेत भएर परीक्षण गर्नु पर्ने बताए ।

५० सदस्यको निशुल्क किड्नी परीक्षण

यसै बीच विश्व किड्नी दिवसको अबसरमा नाफिजका ५० जना सदस्यहरुको निशुल्क किड्नी परीक्षण समेत गरिएको छ । अस्पतालका डाक्टरहरुले नाफिजका सदस्यहरुको निशुल्क रुपमा किड्नीको परीक्षण गरेर किड्नीको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

किड्नी बिग्रिए पछि निकै महंगो हुने तर पहिले नै जानकारी पाएको खण्डमा किड्नी बिग्रिनबाट जोगिने भएकाले यसलाई नाफिज सदस्यहरुको किड्नी आज निशुल्क परीक्षण गरिएको र आगामी दिनमा पनि अस्पतालबाट दिने सेवामा २० प्रतिशतको छुट पाउने ग्यारेन्टि गरिएको नाफिजका महासचिव निकेश खत्रीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको