Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, १६ : ३४ मा प्रकाशित

टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । कोलम्बोको आर. प्रेमादासा रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो।

म्याट रेनशाले ६५ रन बनाए भने ग्लेन म्याक्सवेलले ३१ रन बनाए। मार्कस स्टोइनिस (६), ट्राभिस हेड (१७), र जोश इन्ग्लिस (८) ले राम्रो प्रदर्शन गर्न सकेनन्। जिम्बाब्वेका लागि ब्लेसिङ मुजाराबानीले चार विकेट लिए।

जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रन बनाए। यो उनको टी-२० विश्वकपमा पहिलो अर्धशतक थियो भने टी-२० अन्तर्राष्ट्रियमा समग्रमा ११ औं अर्धशतक थियो। तादिवानाशे मारुमानी र रायन बर्लले पनि ३५-३५ रन बनाए। कप्तान सिकन्दर रजाले १३ बलमा अविजित २५ रन बनाए। अष्ट्रेलियाका लागि मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले एक-एक विकेट लिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको