नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ। एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार १६ सांसद छानेको हो। जसअनुसार आदिवासी जनजातिबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ।
उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ। यसैगरी थारू समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दिकीलाई चयन गरिएको छ।
बैठकले पार्टी अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस