सोमबार सेयर बजार राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा ०.९२ प्रतिशतले कम हो ।
आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.३८ अंकले घटेर ४८०.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज सेयर बजारमा ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर १ लाख २ हजार ७५९ पटक खरिद बिक्री हुँदा ११ अर्ब ९७ लाख ४६ हजार ९६ हजार ८८ रुपैयाँको कारोबार भएको छ ।
बजार घटेको दिन पनि ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस