Like us!
Follow us!
Connect us!
Watch us!

बैंक, बीमा र सेयर क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग अर्थमन्त्रीको छलफल

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, १६ : ०५ मा प्रकाशित

बैंक, बीमा र सेयर क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री रामेश्वर खनालले बैंक, बीमा र सेयर बजारका नियामक निकायका प्रमुखहरुसँग भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता थियो ।  

उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफुलाई अर्थमन्त्रीको रुपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरुले खेलेको भूमिका प्रति धन्यवाद दिए ।

सो अवसरमा नियामक निकायका प्रमुखहरुले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको