बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन खुला भएको छ । कम्पनलिे आज चैत १ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारेका लागि निष्काशन गरेको हो । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित अर्थात सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयले, ३ लाख १२ हजार कित्ता प्रभावित अर्थात सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ११ का स्थानीयले र २ लाख ८ हजार कित्ता न्यून प्रभावित अर्थात सोलुखुम्बुको अन्य क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आयोजना प्रभावितले चैत १५ गतेसम्म र वैदेशिक रोजगारेले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य पाएका सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू, एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बर शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस