Like us!
Follow us!
Connect us!
Watch us!

करिब साढे ४ अंकले बढ्यो नेप्से, १४ अर्ब माथिको कारोबार

अर्थ संसार

आइतबार, ०१ चैत्र २०८२, १४ : ५८ मा प्रकाशित

करिब साढे ४ अंकले बढ्यो नेप्से, १४ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घटेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.४१ अंकले बढेर ४८६.८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने केही गिरावट देखिएको छ । 

आज सेयर बजारमा १४ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन साढे १४ अर्ब माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर १ लाख २४ हजार ४९० पटक खरिद बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको कारोबार भएको छ । 

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको