Like us!
Follow us!
Connect us!
Watch us!

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, ०७ : ०३ मा प्रकाशित

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड

कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जस मध्ये ७४ हजार ५ सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ ।

आईपीओमा ८ हजार २५० जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको